भारतको कृषिजन्य वस्तु निर्यात ४१.२५ अर्ब डलर
एजेन्सी। २०२०/०२१ मा भारतको कृषि र सम्बद्ध उत्पादन निर्यात बढेर ४१.२५ अर्ब डलर पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १७.३४ प्रतिशत बढी हो। चामल, गेडागुडी, गहुँ, मकै र अन्य खाद्य वस्तु निर्यातमा अधिक वृद्धि भएको देखिएको छ। भारतबाट बढी मात्रामा अमेरिका, चीन, नेपाल, बंगलादेश, यूएई, साउदी अरब, भियतनाम, इरान, इन्डोनेसिया र मलेसिया खाद्यान्न निर्यात हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस्