बागमती प्रदेशले विद्युतीय बस चलाएरै छाड्ने
काठमाडौं। बागमती प्रदेशले विद्युतीय बस चलाएरै छाड्ने मूख्यमन्त्री डोरमणी पौडेलले बताएका छन्। उनले विद्युतीय बस सञ्चालन नगर्न दबाब आइरहे पनि विद्युतीय बस चलाउने योजनाबाट सरकार पछि नहट्ने जानकारी दिए। आजको प्रदेशसभामा सम्बोधन गर्दै उनले भने,"विगतमा ट्रली बस फेल भयो भन्दैमा अब विद्युतीय बस नचलाउने भन्ने हुँदैन।" प्रदेशका सबै जिल्लामा विद्युतीय बस चलाउने योजना रहेको पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस्