बागमतीमा विद्युतीय बस चलाउन ५ देश इच्छुक
काठमाडौं। बागमती प्रदेश सरकारले चलाउने भनिएको विद्युतीय बस सञ्चालन गर्न पाँच देशका कम्पनीले इच्छा देखाएका छन्। प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले बस किन्ने ग्लोबल टेण्डरमा कोरिया, जापान, अष्ट्रेलिया, चीन र भारतका कम्पनीले इच्छा देखाएको बताएका छन्। उनीहरुसँग सम्झौता भएमा बस बनाउनेदेखि ५ वर्षसम्म आँफैले चलाउने छन्। थप ५ वर्षको मेन्टेनेन्स खर्चसमेत उनीहरुकै हुनेछ।
प्रतिक्रिया दिनुहोस्