भारतमा डिजेलको पनि मूल्य बढ्यो एजेन्सी। पछिल्लो समय निरन्तर पेट्रोलको मूल्य बढिरहेको भारतमा अब ढिजेलको मूल्य पनि बढ्न थालेको छ। पेट्रोल प्रतिलिटर १०७ भारु पुगेको भारतमा डिजेलको मूल्य पनि १०० भारु पुगेको छ। भारतको श्रीनगरमा डिजेलको मूल्य प्रतिलिटर १०० भारु पुगेको हो। यस्तै हनुमानगढमा ९९, जेसलमेर र अनूपपुरमा प्रतिलिटर डिजेलको मूल्य ९८ भारु पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्