स्लोभेनिया, अष्ट्रिया र माल्टाद्वारा नेपाललाई स्वास्थ्यसामाग्री हस्तान्तरण
काठमाडौं। युरोपियन युनियन (इयु)का तीन सदस्य राष्ट्र– स्लोभेनिया, अष्ट्रिया र माल्टाले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोगस्वरुप स्वास्थ्यसामाग्री हस्तान्तरण गरेका छन्। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्लोभेनिया र अष्ट्रियाका महावाणिज्यदूत र नेपालका लागि युरोपियन युनियनकी राजदुत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन्। तीन देशले मास्क, गगल्स, पञ्जा, अक्सिमिटर,एन्टीजेन टेष्ट किट, थर्मोमिटर, फेसशिल्ड लगायका सामाग्री पठाएका छन्।
प्रतिक्रिया दिनुहोस्