आयरल्याण्ड, इटाली, डेनमार्क र लिथुआनियाले नेपालमा स्वास्थ्य सामाग्री पठाउने
काठमाडौं। युरोपेली युनिएन (इयु)का सदस्य राष्ट्र आयरल्याण्ड, इटाली, डेनमार्क र लिथुआनिया कोरोना महामारी विरुद्धको लडाईंमा सहयोग गर्न नेपालमा स्वास्थ्यसामाग्री पठाउने भएका छन्। इयुको काठमाडौंस्थित दूतावासले उक्त जानकारी दिएको हो। आज मात्रै इयुका तीन सदस्य स्लोभेनिया, अष्ट्रिया र माल्टाले पठाएको स्वास्थ्यसामाग्री काठमाडौं आइपुगेको छ। यसअघि स्पेन, फिनल्याण्ड, फ्रान्स, बेल्जियम र जर्मनीले पठाएको स्वास्थ्य सामाग्री नेपालले प्राप्त गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्