बागमती प्रदेशले असार १ गते करिब ५४ अर्बको बजेट ल्याउने काठमाडौं। बागमती प्रदेशले असार १ गते आगामी आर्थिक वर्ष२०७८/७९को बजेट सार्वजनिक गर्ने भएको छ। बजेट करिब५४ अर्ब रुपैयाँको रहने बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए। चालु आर्थिक वर्ष२०७७÷७८मा प्रदेशको बजेट ५२ अर्बको रहेको थियो। अबको बजेटमा प्रदेशका १३ वटै जिल्लालाई कोभिड सङक्रमित बिरामीको उपचार, अस्पतालको स्तरोन्नति र खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्