एनआरएनएले हङकङ र मकाउबाट पठाएको ५५ थान अक्सिजन कन्सन्ट्रेटर असार पहिलो साता आउने काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले हङकङबाट५५ र मकाउबाट५ गरी पठाएको कूल५५ थान अक्सिजन कन्सन्ट्रेटर असारको४–५ गते केरुङ–रसुवागढी नाकामा आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार एनआरएनएले प्रदेश नंं.१ लाई पाँच थान, प्रदेश नंं.२ लाई पाँच थान,बागमती प्रदेशलाई पाँच थान,गण्डकी प्रदेशलाई१५ थान, लुम्बिनी प्रदेशलाई पाँच थान,कर्णाली प्रदेशलाई१० थान र सुदुरपश्चिम प्रदेशलाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर हङकङ र मकाउबाट पठाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्