जी–७ ले बनायो ४० ट्रिलियन डलरको योजना
एजेन्सी। अमेरिकाको अगुवाइमा जी–७ देशहरुको इन्फ्रास्ट्रक्चर योजनामा ४० ट्रिलियन डलर लगानी गरिने भएको छ। कतिपयले यसलाई चीनको बेल्ट एन्ड रोड इनिसियटिभलाई रोक्न ल्याइएको योजना बताइरहेका छन्। तर, जी–७ ले भने यसलाई आफ्नो समूह र त्यसको सहयोगी देशमा पर्यावरण, स्वास्थ्य, डिजिटल टेक्नोलोजी र लैंगिक समानताजस्ता क्षेत्रमा लगानी आकर्षित गर्ने योजना बताएको छ। चीनले २०१३ मा बीआरआई अघि सारेको थियो।
प्रतिक्रिया दिनुहोस्