दश महिनामा एक खर्बको निर्यात
काठमाडौं। मुलुकको कूल वस्तु निर्यात रु एक खर्ब माथि पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणमा कुल वस्तु निर्यात रु एक खर्ब आठ अर्ब ४८ करोड बराबर पुगेको उल्लेख छ। यसले क्रमशः नेपालको वस्तु निर्यात बढ्दै गएको देखिएको छ। यो गत आवको सोही अवधिको तुलनामा ३२.२ प्रतिशतले बढी हो। रासस
प्रतिक्रिया दिनुहोस्