हट्यो बैंक तथा वित्तीय संस्था सञ्चालनको कोटा काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा लगाएको कोटा प्रणाली हटाएको छ। दोस्रो लहरको कोरोनासंक्रमणको जोखिमलाई ध्यानमा राख्दै गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञाको समयमा राष्ट्र बैंकले कोटा प्रणाली तोकेको थियो। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैंठकले मंगलबारदेखि उपत्यकामा जारी निषेधाज्ञामा केही खुकुुलो बनाएसँगै बैंक तथा वित्तीय संस्थाको कोटा प्रणाली हटाएको हो।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्