आजदेखि बैंक सञ्चालनको कोटा हट्यो
काठमाडौं। आजदेखि बैंक तथा वित्तीय संस्थाको शाखा सञ्चालनको कोटा हटेको छ। वैशाख १६ गतेदेखि लागू भएको निषेधाज्ञाका कारण शाखा सञ्चालनमा लागेको कोटा प्रणाली हटेको हो। यसअघि एउटा वाणिज्य बैंकले उपत्यकामा एक दिनमा दुई वटा, ललितपुर भक्तपुरमा एक÷एक वटा शाखा मात्र सञ्चालन गर्न पाउँथे। आजदेखि भने सबै शाखा सञ्चालन गर्न पाइनेछ।
प्रतिक्रिया दिनुहोस्