प्रदेश २ सरकारले करिब ३४ अर्बको बजेट ल्याउने तयारी
धनुषा। प्रदेश २ सरकारले करिब ३४ अर्बको बजेट ल्याउने भएको छ। संघीय सरकारको अनुदान र प्रदेशको आन्तरिक आम्दानी जोडेर यो बजेट ल्याउने तयारी भएको प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले बताए। आज ४ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस्