पछिल्लो ११ महिनामा प्रदेश १ मा ४० प्रतिसत खर्च
काठमाडौं। प्रदेश १ सरकारले चालु आर्थिकवर्षको ११ महिनामा ४० प्रतिसत खर्च गरेको छ। प्रदेशसभा बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले दिएको जानकारीअनुसार आगामी असार मसान्तसम्म ६० प्रतिसत खर्च हुने अनुमान रहेको छ। प्रदेश १ सरकारको कुल बजेट ४०अर्ब ८९ करोड ९९ लाख ४७ हजार रहेको छ।
प्रतिक्रिया दिनुहोस्