प्रदेश १ को आर्थिक बृद्धिदर ३.६ प्रतिशत हुने
काठमाडौं। प्रदेश १ को आर्थिक बृद्धिदर चालु आर्थिक बर्षमा ३.६ प्रतिशत हुने बताइएको छ। आजको प्रदेशसभा बैठकमा प्रदेश सरकारले ल्याउने आगामी बर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले यो जानकारी दिएका हुन्। गतबर्ष ऋणात्मक रहेको आर्थिक बृद्धिदर यसपटक बढ्ने अनुमान रहेको छ। तर कोभिड–१९ महामारी र निषेधाज्ञाले चुनौती थपेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्