बाढीले मनाङको विद्युतगृह, पुल सबै बगायो
मनाङ। आज मार्स्याङ्दी बढेर मनाङमा आएको बाढीले जिल्लाको विद्युतगृह, बेलिब्रिज लगायत अन्य साना काठका पुल बगाएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी गराए। तिलामखोलास्थित ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत गृह बगेको हो। यसका साथै बाढिले चामेका चारवटा घर पनि क्षति गरेको छ तर मानवीय क्षति भने नभएको लामिछानेले बताए। प्रहरीको समूह उद्धारकार्यमा लागेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्