प्रदेश २ मा चालु आर्थिक वर्षमा ६२.५ प्रतिशत खर्च हुने अनुमान
काठमाडौं। प्रदेश २ सरकारले चालु आर्थिक वर्षमा ६२.५ प्रतिशत खर्च गर्ने भएको छ। जसमध्ये पुँजीगत खर्च ५२.६६ प्रतिशत र चालु खर्च ७३.३४ प्रतिशत खर्च हुने अनुमान रहेको आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बताए। चालु वर्षमा प्रदेश २ मा ३४ अर्ब ५८ करोड बजेट रहेको छ।
प्रतिक्रिया दिनुहोस्