निषेधाज्ञाको अवधिमा कर नतिरे पनि जरिवाना नलाग्ने काठमाडौं। निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगर्नेलाई पनि जरिवाना नलाग्ने भएको छ। सर्वोच्च अदालतले बन्दाबन्दी पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सक्ने गरी व्यवस्था मिलाउन सरकारलाई भनेको हो। रिटमा सुनुवाई गर्दै सो आदेश दिइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्