गण्डकी प्रदेश : कोरोनाबाट मृत्यु भएकाको परिवारलाई ५० हजार, अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार
पोखरा। गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु भएका आफन्तले राहत स्वरुप ५० हजार पाउने भएका छन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट भाषणमा कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवारलाई ५० हजार दिने पनि उनले घोषणा गरे। यस्तै कोरोनाका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार रकम उपलब्ध गराउने पनि मुख्यमन्त्री पोखरेलले बताए। सरकारले प्रदेशका प्रत्येक स्थानीय तहलाई एक करोड बजेट छुट्याएको छ।
प्रतिक्रिया दिनुहोस्