प्रदेश २ मा कोभिड नियन्त्रण र रोकथामको लागि ७५ करोड बजेट विनियोजन काठमाडौ। प्रदेश २ को सरकारले आगामी आर्थिक बर्षमा कोभिड नियन्त्रण र रोकथामको लागि ७५ करोड बजेट विनियोजन गरेको छ। सबै अस्पतालमा कोभिड–१९ को उपचार र संक्रमण रोकथाम गर्नको लागि यो रकम विनियोजन गरेको हो। अस्पतालमा आइसीयु, अक्सिजन प्लान्ट र औषधि खरिद गर्न यो बजेट खर्च गरिने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेशसभा बैठकमा जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्