बागमतीका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिने
काठमाडौं। बागमती प्रदेश सरकारले प्रदेशभित्रका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने लक्ष्य लिएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा यस कार्यक्रमलाई बजेट बिनियोजन गरेको छ। यस्तै प्रदेश सरकारले सबै अस्पतालमा पीसीआर परिक्षण गर्ने मेसिन जडान गर्नलाई चाहिने बजेटसमेत बिनियोजन गरेको छ।
प्रतिक्रिया दिनुहोस्