शहीद र राजनेताको गाउँमा स्मृति केन्द्र बनाउन ४ करोड बजेट
काठमाडौं। प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा मदन भण्डारीको जन्मथलो ढुंगेसाँधु, शहीहदभूमि छिन्ताङ, सुखानी र उर्लाबारीमा प्रेरणादायी स्मृतिकेन्द्र निर्माणका लागि ५ करोड विनियोजन गरेको छ। राजनेता पार्क निर्माणको लागि एक करोड बजेट रहेको छ। संघर्षपूर्ण राजनीतिक विरासतलाई सम्मान र अभिलेखीकरण गर्न बजेट व्यवस्था गरेको आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले बताए।
प्रतिक्रिया दिनुहोस्