जनता आवास कार्यक्रमका लागि ४६ करोड बजेट
विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा विपन्न तथा पिछाडी पारिएका समुदायका लागि सरकारसँगको सहकार्यमा सञ्चालित जनता आवास कार्यक्रमको लागि ४६ करोड बजेट विनियोजन गरेको छ। यो रकमबाट ३ हजार घर निर्माण हुने आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले बताए। चालु आर्थिक वर्षमा ४ हजार ५ सय घर निर्माण सम्पन्न हुने भएका छन्।
प्रतिक्रिया दिनुहोस्