कर्णालीमा छाउपढीमुक्त अभियानका लागि ‘किशोरी क्लब’ सुर्खेत। कर्णाली सरकारले छाउपढी प्रथाविरुद्ध किशोरीहरुलाई जागरुक बनाउन किशोरी क्लब स्थापना गर्ने भएको छ। बजेट भाषणमा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले भने, “प्रभावित क्षेत्रका प्रत्येक वडामा किशोरी क्लब निर्माण गरी छाउपढीमुक्त अभियान सञ्चालन गरिनेछ।” यस्तै छुवाछुत तथा विभेदरहित समाज निर्माण काम गर्न स्थानीय तहलाई थप अनुदान रकम दिने घोषणासमेत प्रदेश सरकारले गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्