लुम्बिनीमा ‘कृषि प्राविधिक सेवामा कृषकको पहुँच’ कार्यक्रम
काठमाडौं। लुम्बिनी प्रदेशले आउँदो आर्थिक वर्ष२०७८/७९ बाट ‘कृषि प्राविधिक सेवामा कृषको पहुँच’नामक नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ। यो कार्यक्रमअन्तर्गत प्रदेशमा रहेका१०९ वटै स्थानीय तहमा एक–एक जना कृषि अधिकृत र९८३ वडामा एक–एक जना कृषि प्राविधिकको व्यवस्था गरिनेछ। यो कार्यक्रमको लागि ३५ करोड बजेट छुट्याइएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चोधरीले बताए। यसबाट एकहजार९२ जनाले रोजगारी पाउने जनाए।
प्रतिक्रिया दिनुहोस्