लुम्बिनी प्रदेशले कोरोना कोषका लागि छुट्यायो ४० करोड काठमाडौं। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले चालु आर्थिक वर्षमा प्रदेशमा सञ्चालनमा ल्याइएको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा ४० करोड रुपैयाँ जम्मा भएको जानकारी दिए। जम्मा भएको रकममध्ये ३५ करोड रुपैयाँ विभिन्न स्वास्थ्य संस्थालाई उपलब्ध गराइसकिएको उनले बताए। अपुग दरबन्दी थप गर्न मात्र १८ करोड रुपैयाँ निकासा गरिएको उनले जनाए। जुन रकम कोषभन्दा बाहिरको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्