शिक्षा क्षेत्रको विकासमा २३ करोड ४९ लाख विनियोजन
काठमाडौं। प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा शिक्षा क्षेत्रको विकासको लागि २३ करोड ४९ लाख विनियोजन गरेको छ। सरकारको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले मुख्यमन्त्री शिक्षा सुधार कार्यक्रम, विद्यालयको भौतिक पूर्वाधार र पुस्तालय निर्माण, गुरुकुल, गुम्बा र मदरसा शिक्षाको विकासको लागि सहयोग गरिने बताए।
प्रतिक्रिया दिनुहोस्