दश महिनामा ८ खर्ब ९ अर्ब रेमिट्यान्स
काठमाडौं। चालू आर्थिक वर्षको १० महिनामा नेपालमा ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यो गत वर्षको यही अवधिको तुलनामा १९.२ वृद्धि हो। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण रेमिट्यान्स घट्ने आँकलन गरिएपनि निरन्तर बढिरहेको छ।
प्रतिक्रिया दिनुहोस्