लुम्बिनी प्रदेशले सरकारी कर्मचारीलाई एक महिनाको तलब दिएर घुम्न पठाउने
काठमाडौं। लुम्बिनी प्रदेशले आन्तरिक पर्यटनको प्रवर्द्धन गर्न प्रदेशभित्र कार्यरत सरकारी कर्मचारीलाई आउँदो आर्थिक वर्ष घुम्नको लागि एक महिनाको तलब उपलब्ध गराउने भएको छ। आज आउँदो वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले यसको लागि बजेट छुट्टयाइएको बताए। सरकारी कर्मचारीलाई सुरु तलब स्केल अनुसार एक महिनाको तलब बराबरको रकम उपलब्ध गरिनेछ।
प्रतिक्रिया दिनुहोस्