लुम्बिनी प्रदेश निजामति सेवा अन्तर्गतका कर्मचारीको तलबमा दुई हजार बृद्धि काठमाडौं। लुम्बिनी प्रदेश सरकारले प्रदेश अन्तर्गतका निजामति सेवा कर्मचारीको तलबमा दुई हजार बृद्धि गरेको छ। यो बृद्धि आउँदो आर्थिक वर्ष २०७८/७८ को साउनबाट लागू हुने जनाइएको छ। आज बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले उक्त घोषणा गरेका हुन्। उनले कर्मचारीले हाल पाइरहेको महंगी भत्तालाई निरन्तरता दिने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्