टोखामा तरकारी र च्याउखेती पकेट निर्माण
काठमाडौं। टोखा नगरपालिकाले नगरभित्रका किसानलाई २२ थान हाते ट्याक्टर वितरण गरेको छ। टोखाले नगरपालिकाभित्र कृषि क्षेत्रको विकास र विस्तारका लागि किसानलाई इन्धनबाट चल्ने २२ थान हाते ट्याक्टर वितरण गरेको हो। नगरपालिका कृषि शाखा प्रमुख सुमित्रा पाठकले किसानको सहजताका लागि ५० प्रतिशत अनुदानमा नगरपालिकाले हाते ट्याक्टर सहयोग गरेको बताइन्। उक्त ट्याक्टरको मूल्य ४० हजार पर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्