लगानीकर्ता पौडेल भन्छन्- बोर्डको विज्ञप्तिबाट नआत्तिनुहोस्
काठमाडौं। लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले धितोपत्र बोर्डको प्रतिवेदनबाट नआत्तिन भनेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लगानीकर्तालाई बोर्डको गतिविधिबाट नआत्तिन भनेका हुन्। “हामीले लगानी गर्दा तत् कम्पनीको बारेमा निश्चित मान्यता राखेर लगानी गरेका हौं। उनले भने,“बोर्डको विज्ञप्तिले त्यसलाई भत्काउन सक्दैन।” उनले आफ्नो लगानी र छनौटमा दृढ बस्न सके प्रतिफल निश्चित रहेको समेत उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस्