बाँके । नेपालगञ्जका व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिया जाने गरेका छन् ।

सरकारी निकायको उदासिनता र व्यापारीले उपभोक्ता आकर्षण गर्ने प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ताको आकर्षण बढ्न नसकेको उपभोक्ता हित संरक्षणमञ्च बाँकेका अध्यक्ष वसन्त गौतम बताउँछन् ।

“गुणस्तरीय वस्तु तथा सेवा उपयोग गर्न पाउनु उपभोक्ताको अधिकार हो, भारतीय व्यापारीको तुलनामा नेपालगञ्जका व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्नु र रुपैडियामा सस्तोमा पाइन्छ भन्ने भ्रम चिर्न नसक्नु कमजोरी हो”, उनले भने, “नेपालगञ्जका व्यापारीमा उपभोक्ता आकर्षण गर्ने व्यवहारिकता भन्दा पनि वस्तु तथा सेवा लाद्ने प्रवृति पनि हानिकारक छ ।”

चाडपर्व मात्र होइन, अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रुपैडियामै निर्भर रहने गरेका छन् ।

नेपालगञ्जमै सस्तो पाइने सामान किन्न समेत नेपाली उपभोक्ता भारतीय बजारमा जाने गरेका छन् ।

नेपालीको मुख्य पर्व दशैंको लागि किनमेल शुरू भए पनि नेपालगञ्ज बजार सुनसान छ ।सीमा पारी भारतीय बजार रुपैडिया भने नेपाली उपभोक्ताले गुल्जार बनाएका छन् ।

घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खानेकुरा र लत्ताकपडा खरीदका लागि दैनिक सयौंको सङ्ख्यामा स्थानीयवासी सीमावर्ती बजारतिर जाने गरेका छन् ।

“न मूल्यको ठेगान हुन्छ न उचित सामानको” सीमावर्ती बजारमा किनमेल गर्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१० का किशोर श्रेष्ठले भने, “नेपालगञ्जमा एउटै समानको पसलैपिच्छे फरकफरक मूल्य हुन्छ ।”

नेपालगञ्जबाट मात्र नभइ बाँकेका ग्रामीण क्षेत्र र सुर्खेत, दाङका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेका छन् ।

नेपालतिरको तुलनामा सीमावर्ती बजारमा मालसामान सस्तो पाइने भएकाले पनि अधिकांश त्यहीँ पुग्दछन् ।

भारतीय बजारमा चिनी, तेल, आलु, प्याज लगायतका सामग्री प्रतिकिलो १५ देखि ५० रुपैयाँसम्म सस्तोमा पाइन्छ ।

एक सातायता किनमेल गर्न भारतीय बजार रुपैडियातर्फ जाने नेपाली उपभोक्ताको भीड बढेको जमुनाहस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक माधव रिजालले जानकारी दिए । उनका अनुसार दैनिक करीब तीन सय नेपाली उपभोक्ता किनमेलका लागि रुपैडिया जाने गरेका छन् ।

नेपाली उपभोक्तालाई नेपालगञ्जमै रोक्ने लक्ष्य उद्योग वाणिज्य सङ्घको प्रत्येक निर्वाचनका बेला चुनावी नारा बन्ने गर्दछ, तर निर्वाचनपछि सेलाउँदै जाने गरेको छ । संघका अध्यक्ष नन्दलाल वैश्य भन्छन्, “हामी उपभोक्तालाई रोक्ने प्रयासमा छौं ।” रासस

" /> बाँके । नेपालगञ्जका व्यापारीले प्रतिस्पर्धात्मक व्यापार गर्न नसक्दा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिया जाने गरेका छन् ।

"> उपभोक्ता नेपाली, बजार भारतीय: Dekhapadhi
उपभोक्ता नेपाली, बजार भारतीय

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्