बाढीले तीन स्थानीय तह पूर्ण क्षतिग्रस्त मनाङ। लगातार परेको वर्षाका कारण बाढीले मनाङका तीन वटा स्थानीय तहमा पूर्णरुपमा क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बाढीले चामे, नासो र ङिस्याङ गाउँपालिकाका अधिकांश स्थानमा क्षति पुगेको हो। जिल्लाको नासो र चामे गाउँपालिका सबैभन्दा बढी बाढीबाट प्रभावित बनेको छ। स्थानीय खोलामा उर्लिएको बाढी बस्तीमा पस्दा जिल्लाभरका २०० घरका एक हजार नागरिक विस्थापित भएका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्