घट्यो चीनतर्फको निर्यात
काठमाडौं। नेपालबाट चीनतर्फ हुने निकासीमा गिरावट आएको राष्ट्र बैंकले बताएको छ। चीनतर्फको निर्यातमा १८.४ प्रतिशतले गिरावट आएको हो। यद्यपि, यस अवधिमा भारततर्फ ३५.८ र अन्य मुलुकतर्फ २५.३ प्रतिशतले निकासी बढेको छ। यस अवधिमा नेपालबाट सोयाबिन तेल, अलैँची, जुटका सामान, धागो र उनी गलैँचा लगायतका सामाग्रीको निकासी बढेको छ।
प्रतिक्रिया दिनुहोस्