होटल क्षेत्रमा तत्काल नयाँ तलवमान कार्यान्वयन गर्न सकिँदैन : हान काठमाडौं। होटल सङ्घ नेपाल (हान)ले होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न नसकिने बताएको छ। आज हानका अध्यक्ष सृजना राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तवबीचको भेटघाटमा कोरोनाका कारण होटल क्षेत्र थला परेको भन्दै तलबमानसमेत भुक्तान गर्न नसकेको अवस्थामा वृद्धि गरिएको नयाँ तलबमान तत्काल उपलब्ध गराउन नसकिने हानले बताएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्