७०५ मिटर खनियो नागढुंगा–नौबिसे सुरुङ मार्ग काठमाडौं। नागढुंगा–नौबिसे सुरुङमार्गमा ७०५ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ। कुल २.६८८ किलोमिटर लम्बाईमध्ये ७०५ मिटर खनिएको हो। आयोजना प्रमुख नरेश शाक्यले मुख्य र सहायक गरी ७०५ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको बताए। उनले भने,“हामीले निषेधाज्ञामा पनि कामलाई रोकेनौं। काम निरन्तर भइरह्यो।” आयोजनामा हाल करिब ३०० जना कामदार खटिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्