गुठी, बाजा खलः, भजन खलः, जात्रा सञ्चालनमा सहयोग गर्ने
काठमाडौं। काठमाडौं महानगरपालिकाले साँस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण योगदान गर्दै आएका गुठी, बाजा खलः, भजन खलः, जात्रा, परम्परागत नाचसँग सम्बन्धित संघसंस्थाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। महानगरको आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख शाक्यले अमूर्त सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि परम्परागत बाजा सिकाउने गुरुहरू, सामुदायिक गुम्बाका प्रमुख लामाहरूलाई पनि सम्मान गर्ने बताए।
प्रतिक्रिया दिनुहोस्