ठमेल र बसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाइने काठमाडौं। काठमाडौं महानगरले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ठमेल र बसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाई पर्यटकको आकर्षण क्षेत्रको रूपमा विकास गर्ने भएको छ। महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय सम्पदाहरुको पहिचान र डिजिटल माध्यमबाट अभिलेखीकरण गरी यस्ता स्थलहरुको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरिने महानगरको आगामी वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्