मनाङ जोड्ने बेँसीशहर–चामे सडक खुलाउने कार्य सुरु लमजुङ। पहिरोले अवरुद्ध भएको मनाङ जोड्ने बेँसीशहर–चामे सडक खुलाउने कार्य सुरु भएको छ। लमजुङ बेँसीशहर नगरपालिका–६ खरखरेमा गएको पहिरोलाई बिहीबार डोजर प्रयोग गरी खुलाउने कार्य भइरहेको लमजुङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद लुइटेलले बताए। पहिराले खरखरेमा ३० मिटर बढी सडक बगाएको छ। यो सडकखण्डको अन्य एकदर्जन स्थानमा सडक भत्किएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्