उपत्याका छिर्ने नाकामा 'भेहिकल क्लिनिङ सेन्टर’ स्थापना
काठमाडौं। काठमाडौं महानगरले उपत्यकामा उत्सर्जन हुने फोहरमैलाको एकीकृत व्यवस्थापनका लागि भेहिकल क्लिनिङ सेन्टर निर्माण गर्ने भएको छ। महानगरले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उपत्यकाका स्थानीय तहहरूको समेत सहभागितामा भेहिकल क्लिनिङ सेन्टर निर्माण गरिने उल्लेख छ। उपत्यका भित्रिने सवारी साधनहरुबाट निस्कने प्रदुषण नियन्त्रणका लागि क्लिनिङ सेन्टर निर्माण गरिने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्