महानगरमा एक वडा एक नमूना विद्यालय कार्यक्रम काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ अघि सारेको छ। महानगरको ३२ वडाका नमुना विद्यालयलाई नमुना सिकाई केन्द्र र तालिम हबका रूपमा विकास गरिने भएको छ। महानगर क्षेत्रभित्र प्रत्येक वडामा कम्तिमा एउटा सुविधासम्पन्न एवं उच्च प्रविधियुक्त पुस्तकालयको स्थापना गरी पुस्तकालयको प्रयोगमा सबैको पहुँच सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्