निषेधाज्ञामा उपत्यकाका ९७ फार्मलाई कार्वाही काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञाको अवधिमा ९७ फार्मलाई कार्वाही गरेको छ। बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गरेको भेटिएपछि उक्त फार्मलाई आर्थिक जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए। कारबाहीबाट विभागले १३ लाख ९६ हजार राजश्व सङ्कलन गरेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्