गत वर्ष ३ अर्ब जनाले नचिनेको मानिसलाई सहयोग गरे, धनीभन्दा गरिब देशबाट बढी
एजेन्सी। बेलायती संस्था च्यारिटिज् एड फाउण्डेसनको ‘वल्र्ड गिभिङ इन्डेक्स २०२१’ अनुसार सन् २०२० मा विश्वका ५५ प्रतिशत वयस्कले नचिनेको व्यक्तिलाई सहयोग गरेका छन्। अर्थात् यो भनेको३३ अर्ब मानिसले चिन्दै नचिनेकोलाई सहयोग उपलब्ध गरेका छन्। यीमध्ये३१ प्रतिशतले नगद उपलब्ध गरेका थिए। यसरी सहयोग उपलब्ध गर्नेमा धनी देशका भन्दा गरिब देशका मानिस बढी छन्। रिपोर्टका लागि ११४ देशमा सर्वे गरेको थियो।
प्रतिक्रिया दिनुहोस्