७०५ मिटर खनियो नागढुंगा–नौबिसे सुरुङ मार्ग
काठमाडौं। नागढुंगा–नौबिसे सुरुङमार्गमा ७०५ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ। कुल २.६८८ किलोमिटर लम्बाईमध्ये ७०५ मिटर खनिएको हो। आयोजना प्रमुख नरेश शाक्यले मुख्य र सहायक गरी ७०५ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको बताए। उनले भने,“हामीले निषेधाज्ञामा पनि कामलाई रोकेनौं। काम निरन्तर भइरह्यो।” आयोजनामा हाल करिब ३०० जना कामदार खटिएका छन्।
प्रतिक्रिया दिनुहोस्