महानगरमा मासिक २० हजार लिटरसम्म खानेपानी छुट
काठमाडौं। काठमाडौं महानगरपालिकाले नेपाल सरकारको निर्णयानुसार मासिक २० हजार लिटरसम्म खानेपानी खपत गर्ने सेवाग्राहीहरूलाई खानेपानी शूल्क मिनाहा गर्ने भएको छ। महानगरपालिकाले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा खानेपानी शुल्क मिनाहा गर्ने उल्लेख छ। त्यस्तै सुख्खाक्षेत्रका ग्राहकहरुको वक्यौता रकम मिनाह गर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्