पूर्वमन्त्री बस्नेतले मेलम्चीमा पठाए २० लाखभन्दा बढीको राहत सामग्री काठमाडौं। नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले बाढी र पहिरोका कारण क्षतिग्रस्त सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका पीडितका लागि रु २० लाखभन्दा बढीको राहत सामग्री पठाएका छन्। उनले राष्ट्रिय युवा सङ्घको टोलीमार्फत राहत सामग्री, विभिन्न स्वास्थ्य सामग्री तथा बन्दोबस्तीका सामग्री पठाएको बस्नेतका स्वीकय सचिव दिनेश थापाले बताए। बस्नेतको पहलमा विभिन्न क्षेत्रबाट संकलित रकमबाट सो सामग्री पठाइएको उनले जनाए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्