बजेट कार्यान्वयनलाई परीक्षाको रुपमा लिएका छौं – अर्थमन्त्री काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट कार्यान्वयनलाई सरकारले परीक्षाको रुपमा लिएको बताएका छन्। उनले नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा यस्तो बताएका हुन्। परिसंघले आगामी वर्षको बजेट स्वागतयोग्य भएपनि कार्यान्वयमा शंका गरेपछि पौडेलले परीक्षाका रुपमा लिएको बताएका हुन्। अर्थमन्त्रीले बजेटमाथि आएको प्रतिक्रियाले सरकार उत्साही भएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्