दुई वर्षअघि डिपिआर तयार भएपनि अझै सुरु भएन अर्नाकोट विमानस्थलको निर्माण
बागलुङ। दुई वर्षअघि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको अर्नाकोट विमानस्थल पुनः चर्चामा आएको छ। बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गर्ने गरी गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि चर्चामा आएको हो। दुई वर्षअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा डिपिआर बनाइएको भएपनि त्यसअनुसार काम भने अहिलेसम्म अघि बढेको छैन।
प्रतिक्रिया दिनुहोस्