ओखलढुङ्गामा चक्रपथ र पुल निर्माणको काम समय अगावै सम्पन्न ओखलढुङ्गा। विकास निर्माणका आयोजना वर्षौं अलपत्र पर्ने समस्या रहेको ओखलढुङ्गामा दुईवटा योजना समयअगावै सम्पन्न भएका छन्। निर्वाचन क्षेत्रस्तरीय चक्रपथ र सिस्नेखोला पुल निर्माणको काम सक्नुपर्ने समयभन्दा एक वर्ष अगावै सम्पन्न भएका हुन्। प्रदेश१ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले जिल्लाबाट निर्वाचित भएपछि रोजेका थिए। क्षेत्र नं१उच्चस्तरीय चक्रपथको पहिलो खण्ड रुम्जाटार–सानीटार–वनपाले–बुलादी–देउराली–फेदे सडकको निर्माण पुरा भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्